११ साउन २०८३, सोमबार

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छः निधि

फागुन १५, २०८२
धनुषा
संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छः निधि

नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले संविधानलाई सही मार्गमा ल्याउनु अहिलेको प्रमुख राष्ट्रिय जिम्मेवारी भएको बताएका छन् । 

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, व्यवस्थाप्रति बढ्दो असन्तुष्टि तथा सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयनमा देखिएका कमजोरीप्रति चिन्ता व्यक्त गर्दै संविधानलाई ‘लिकमा ल्याउन’ सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताए ।

नेता निधिले संविधान कार्यान्वयनमा देखिएका जटिलता हटाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्न आवश्यक रहेको बताए । 'संविधान उत्कृष्ट दस्तावेज हो, तर यसको कार्यान्वयनमा इमान्दारिता र प्रतिबद्धता जरूरी छ,' उनले भने, 'जनताको अधिकार सुनिश्चित गर्न र विकासको गति बढाउन संविधानको मर्मअनुसार काम गर्नुपर्छ ।'

पत्रकारहरूको जिज्ञासामा नेता निधिले मधेशमा विकास निर्माणका सवाल, रोजगारी सिर्जना तथा कृषि आधुनिकीकरणजस्ता विषयमा सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

salt training

कमेन्ट गर्नुहोस्