०३ असार २०८३, बुधबार

स्रोत नखुलेको पाँच लाखसहित सिराहामा एक जना पक्राउ

फागुन १७, २०८२
काठमाडौं
स्रोत नखुलेको पाँच लाखसहित सिराहामा एक जना पक्राउ

स्रोत नखुलेको पाँच लाखसहित सिराहामा एक जना पक्राउ परेका छन् । 

लक्ष्मीपुर पतारी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित बरियारपट्टी गाउँपालिका-२ श्रीपुर टोल बस्ने २५ वर्षीय विजय कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले बरियारपट्टीबाट धनगढीतर्फ जाँदै गरेको स ७ प ८२९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक विजय कुमारलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
      
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्