१९ असार २०८३, शुक्रबार

अमेरिका-इजरायलले २४ घण्टामा इरानमा एक हजार बढी बम खसाले

फागुन १७, २०८२
काठमाडौं
अमेरिका-इजरायलले २४ घण्टामा इरानमा एक हजार बढी बम खसाले

इजरायली वायुसेनाले अमेरिकासँगको संयुक्त आक्रमणका क्रममा पछिल्लो २४ घण्टाभित्र इरानमा १ हजार २०० भन्दा बढी बम खसालेको बताएको छ । यी आक्रमणहरूमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका छन् ।

शनिबार उनको कार्यालय परिसरमा ३० वटा क्षेप्यास्त्र प्रहार भएको थियो । उनकी बुहारी, ज्वाइँ, बुहारी र नातिनीसहित परिसरमा उपस्थित ४० कमाण्डरहरू पनि मारिएका थिए । आक्रमणको समयमा खामेनी कमाण्डरहरूसँग बैठक गरिरहेका थिए ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले शनिबार राति खामेनीको मृत्युको घोषणा गरेका थिए । त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उनको मृत्युको दाबी गरेका थिए । पछि इरानका राज्य सञ्चार माध्यम, तस्निम र फार्सले आइतबार बिहान यसको पुष्टि गरेका थिए ।​

खामेनीको मृत्युपछि इरानमा ४० दिनको राज्य शोक र सात दिनको बिदा घोषणा गरिएको छ।

यसैबीच, इरानी सेनाले आफ्नो सबैभन्दा खतरनाक कारबाही शुरू गरिरहेको बताएको छ। आक्रमण चाँडै शुरू हुने र अमेरिकी अड्डाहरूलाई लक्षित गर्ने इरानी सेनाले चेतावनी दिएको छ । 

इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानसहित १० प्रमुख शहरहरूलाई निशाना बनाएका थिए। आक्रमणमा अहिलेसम्म २०० भन्दा बढी व्यक्तिको मृत्यु र ७४० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।  एक क्षेप्यास्त्रले एक विद्यालयमा प्रहार गर्दा १४८ जना महिला विद्यार्थीको मृत्यु र ४५ जना घाइते भएको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्