
भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय प्रकाश भट्ट रहेका छन् ।
उनले ‘झापामा बालेन साहमाथि गोली प्रहार’ भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना जारी गरेको प्रहरीले जनाएको छ ।
नकारात्मक तथा गलत सूचना प्रवाह गरी सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको भन्दै प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-५ डबली चोकबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका भट्टमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप भइ अनुसन्धान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।