०७ असार २०८३, आइतबार

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा एक जना पक्राउ

फागुन १७, २०८२
काठमाडौं
‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा एक जना पक्राउ

भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय प्रकाश भट्ट रहेका छन् । 

उनले ‘झापामा बालेन साहमाथि गोली प्रहार’ भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना जारी गरेको प्रहरीले जनाएको छ । 

नकारात्मक तथा गलत सूचना प्रवाह गरी सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको भन्दै प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-५ डबली चोकबाट पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेका भट्टमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप भइ अनुसन्धान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको  छ ।

कमेन्ट गर्नुहोस्