
अमेरिकास्थित ह्यूमन राइट्स एक्टिविस्ट्स समाचार एजेन्सी (एचआरएएनए)ले फेब्रुअरी २८ देखि इरानमा १ हजार ९७ नागरिकको मृत्यु भएको दाबी गरेको छ ।
संस्थाका अनुसार, मृतकहरूमा १० वर्ष मुनिका १८१ बालबालिकाहरू समावेश छन् ।
घाइतेहरूको संख्या १०० बालबालिकासहित ५ हजार ४०२ पुगेको छ।
एचआरएएनएले पछिल्लो २४ घण्टामा मात्र कम्तिमा १०४ आक्रमणहरू रेकर्ड गरिएको बताएको छ । यी आक्रमणहरूले सैन्य अड्डाहरू, अस्पतालहरू र आवासीय क्षेत्रहरूलाई लक्षित गरेका छन् ।
संस्थाले सयौं अन्य मृत्युको रिपोर्ट अझै अनुसन्धान भइरहेको पनि बताएको छ ।