२९ असार २०८३, सोमबार

अर्जेन्टिना र केप भर्डबीचको रोमान्चक खेल अतिरिक्त समयमा

असार २०, २०८३
काठमाडौं
अर्जेन्टिना र केप भर्डबीचको रोमान्चक खेल अतिरिक्त समयमा

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अर्जेन्टिना र केप भर्डबीचको खेल अब अतिरिक्त समयमा प्रवेश गरेको छ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले शुरूआती अग्रता लिए पनि साहसी प्रदर्शन गरिरहेको केप भर्डेले खेललाई १–१ को बराबरीमा ल्याएपछि अतिरिक्त समयमा धकेलिएको हो।

खेलको २९औं मिनेटमा कप्तान लियोनेल मेसीले लिसान्ड्रो मार्टिनेजको लामो पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यस गोलसँगै ३९ वर्ष ९ दिनका मेसी विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा वृद्ध दक्षिण अमेरिकी खेलाडी बनेका छन्।

उनले सन् १९५४ मा उरुग्वेका ओब्दुलियो वारेलाले कायम गरेको कीर्तिमान तोडेका हुन्। साथै, मेसीले लगातार ८ विश्वकप खेलमा गोल गर्ने र कुल विश्वकप गोल संख्या २० पुर्‍याउने अर्को कीर्तिमान पनि थपेका छन्। तर, पहिलो पटक नकआउट चरण खेलिरहेको केप भर्डेले हार नमानी दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको ५९औं मिनेटमा रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले एक सानदार प्रहार गर्दै बललाई जाली चुमाएपछि मियामी रङ्गशालामा उपस्थित अर्जेन्टिनी समर्थकहरू स्तब्ध बनेका छन्। 

खेलको २९ औं मिनेटमा डेरोय दुआर्टेले गोल गर्दै केप भर्डलाई शुरूआती अग्रता दिलाएका थिए। तर, अर्जेन्टिनाले खेलमा पुनरागमन गर्दै बराबरी गोल फर्कायो ।

salt training

कमेन्ट गर्नुहोस्