२९ असार २०८३, सोमबार

कर्णालीमा दिउँसो ३ बजेसम्म खस्यो ४५ प्रतिशत मत

फागुन २१, २०८२
सुर्खेत
कर्णालीमा दिउँसो ३ बजेसम्म खस्यो ४५ प्रतिशत मत

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो ३ बजेसम्म ४५ दशमलव २ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी डोल्पामा ५९ दशमलव ४२ प्रतिशत मत खसेको छ ।

त्यसैगरीमा मुगुमा ५५ दशमलव ४२, हुम्लामा ५२ दशमलव ९१, रुकुम पश्चिममा ५० दशमलव ६१, जाजरकोटमा ४९ दशमलव ७५, जुम्लामा ४७ दशमलव ६७, कालिकोटमा ४२ दशमलव ६४, सल्यानमा ३८ दशमलव ४५ प्रतिशत मत खसेको सूचना अधिकारी चौलागाईंले जानकारी दिए ।

उनका अनुसार सुर्खेत क्षेत्र नम्बर १ मा ४८ दशमलव २५, क्षेत्र नम्बर २ मा ४६ दशमलव ११, दैलेख क्षेत्र नं १ मा ३७ दशमलव ३३ र क्षेत्र नम्बर २ मा ३५ दशमलव २७ प्रतिशत मत खसेको छ ।

कुल १० लाख ३७ हजार २५० मतदातामा कर्णाली प्रदेशमा अहिलेसम्म चार लाख ६८ हजार ४२५ मतदाताले मत खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्