
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देहीमा बिहीबार ६५ प्रतिशत मतदान भएको छ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार जिल्लाभर शान्तिपूर्ण सकिएर मतदान केन्द्रबाट मतपेटिका संकलन तथा सिलबन्दी गर्ने कार्य जारी छ ।
मतगणनाका लागि जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा अलग-अलग मतगणनास्थल तोकिएको छ ।
मतपेटिका संकलन सम्पन्न भएपछि सर्वदलीय बैठकको निर्णयअनुसार सकेसम्म बिहीबार रातिदेखि नै मतगणना शुरू गरिने छ ।
रूपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् ।
जिल्लामा ३ लाख ४६ हजार २०३ पुरुष, तीन लाख २६ हजार ३११ महिला र ९ अन्य गरी कुल ६ लाख ७२ हजार ५२३ मतदाता रहेका छन् ।
मतगणनाका लागि क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस, सित्तलनगर क्षेत्र नम्बर–२ मा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित वडा कार्यालय क्षेत्र नम्बर ३ मा भैरहवास्थित भैरहवा नमूना माध्यमिक विद्यालय क्षेत्र नम्बर–४ मा कोटहीमाई गाउँपालिका कार्यालयको सभाहल तथा क्षेत्र नम्बर ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणनास्थल तोकिएको छ ।