२९ जेठ २०८३, शुक्रबार

विश्वकप क्रिकेटको फाइनल पुग्न भारतले इङ्ल्यान्डलाई दियो २५४ रनको लक्ष्य

फागुन २१, २०८२
काठमाडौं
विश्वकप क्रिकेटको फाइनल पुग्न भारतले इङ्ल्यान्डलाई दियो २५४ रनको लक्ष्य

ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्न भारतले इङ्ल्यान्डलाई २५४ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको योगफल बनायो । भारतका लागि सन्जु स्यामसनले सर्बाधिक ८९ रनको योगदान दिए । उनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै शिवम दुबेले ४३, ईशान किशनले ३९ र हार्दिक पाण्ड्याले २७ रन बनाए ।

इङ्ल्यान्डको लागि विल ज्याक्स र आदिल राशिदले समान दुई÷दुई विकेट लिए भने जोफ्रा आर्चरले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्