
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा सरोकारवाला सबै पक्षसँगै आम मतदातालाई धन्यवाद दिएका छन् ।
ओलीले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनु भएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद ।’
ओलीले निर्वाचनमा सक्रिय भएर लागेका पार्टीका कार्यकर्ता तथा प्रतिनिधिलाई पनि धन्यवाद दिएका छन् ।
ओली झापा–५ बाट उम्मेदवार छन् । यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह उम्मेदवार छन् ।
लोकान्तरले गरेको ‘प्रि–इलेक्सन पोल’मा बालेन ओलीभन्दा धेरै अगाडि देखिएका छन् ।