
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निकटतम् प्रतिस्पर्धीभन्दा तेब्बर मतले अघि देखिएका छन् ।
बमले तीन हजार ९ सय २२ ल्याउँदा नेपाली कांग्रेसका सचिन तिमल्सेनाले एक हजार ९५ मतमा सीमित छन् ।
अहिलेसम्मको मत परिणाम हेर्दा एमालेका उम्मेदवार राजन भट्टराई प्रतिस्पर्धाबाट बाहिरिएको अनुमान लगाउन सकिन्छ ।
उनले जम्मा ९ सय ५६ मत ल्याएका छन् ।