
कैलाली-१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कैलाली-१ मा कांग्रेसका जनकराज चौधरीले ३४८ मत प्राप्त गर्दै शुरूआती अग्रता लिएका छन् ।
यहाँ स्वतन्त्र उम्मेदवार फागुराम थारु २४१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवालीले १९९ मत प्राप्त गरेकी छन् ।
नेकपाका उम्मेदवार रामलाल डगौरा थारूले ९९ र एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेले ६८ मत प्राप्त गरेका छन् ।