२४ असार २०८३, बुधबार

इलामको दुवै क्षेत्रमा ११ बजेपछि मतगणना हुने

फागुन २२, २०८२
काठमाडौं
इलामको दुवै क्षेत्रमा ११ बजेपछि मतगणना हुने

दुई निर्वाचन क्षेत्र भएको इलाममा आज बिहान ११ बजेपछि मतगणना गर्ने तयारी भएको छ । 

दुवै क्षेत्रमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकले ११ बजेपश्चात् मतगणना गर्ने तयारी गरेको छ । 

इलाम क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले सर्वदलीय बैठक बसिरहेको बताए । उनले ११ बजेपश्चात् सूर्योदय नगरपालिकाको हलमा गणना शुरू हुने जानकारी दिए । 

यस्तै, क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले पनि सर्वदलीय बैठक बसिरहेको र ११ बजेपश्चात् मतगणना शुरू गर्ने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्