
भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीले निराशाजनक मत पाएको छ ।
नेमकिपाको गढ मानिने भक्तपुर १ मा हालसम्म नेमकिपा दोस्रो स्थानमा छ । यहाँ रास्वपाले अग्रता कायमै राखेको छ ।
पछिल्लो तथ्यांकअनुसार यहाँ रास्वपा उम्मेदवार रुकेश रन्जितले ४ हजार ४११ मत पाएका छन् ।
जबकि यहाँ नेमकिपा उम्मेदवार प्रेम सुवालले २ हजार ७५५ मात्र मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका किरण न्यौपानेले ६५९ मत पाएका छन् ।