०१ साउन २०८३, शुक्रबार

कैलालीका २ क्षेत्रमा नेकपा, १/१ क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

फागुन २२, २०८२
काठमाडौं
कैलालीका २ क्षेत्रमा नेकपा, १/१ क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले ६६२ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार फागुराम चौधरी ६४६ मत प्राप्त गरेका छन् ।

कैलाली क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउदले ४४१ मत प्राप्त गरेर कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरलाई पछाडि पारेका छन् । स्वाँरले ४०७ मत प्राप्त गरेका छन् । रास्वपाका केपी खनालले ३१६ मत पाएका छन् ।

यस्तै, कैलाली क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीले ६०४ मत प्राप्त गरी अग्रता बनाएका छन् ।

उनलाई रास्वपाका जगतप्रशाद जोशीले २७५ मत प्राप्त गरी पछ्याइरहेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले २५२ मत प्राप्त गरेका छन् । 

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को पछिल्लो मत गणनाको परिणामअनुसार रास्वपाका आनन्दबहादुर चन्दले तीन हजार ९४४ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका नरनारायण शाहले एक हजार ४७५ मत र नेकपा एमालेका यज्ञराज ढुङ्गानाले ८४६ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्