
सुदूरपश्चिमको डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका ताराप्रसाद जोशीले अग्रता लिएका छन् ।
डडेलधुरा क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार जोशीले ४ हजार ४०५ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले २ हजार ७९१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, एमालेका उम्मेदवार चक्रप्रसाद स्रोहीले १ हजार १७९, राप्रपाका गोविन्द्र खडायतले ११८ मत प्राप्त गरेका छन् ।