२२ असार २०८३, सोमबार
प्रतिनिधि सभा निर्वाचन

१८ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले बल्ल खाता खोल्यो, रास्वपा १२ स्थानमा विजयी

फागुन २३, २०८२
काठमाडौं
१८ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले बल्ल खाता खोल्यो, रास्वपा १२ स्थानमा विजयी

प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बिहान ४ बजेसम्म १८ वटा क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।

तीमध्ये १२ स्थानमा रास्वपा, चार स्थानमा कांग्रेस र दुई स्थानमा नेकपाका उम्मेदवार विजयी भएका छन् । एक स्थानमा एमालेले खाता खोलेको छ ।

रास्वपाका लागि पहिलो जित काठमाडौं १ मा रञ्जु न्यौपाने दर्शनाले निकालिन् ।

त्यस्तै, काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए ।

यसैगरी काठमाडौं ८, ६, ७, ४, ५ र १० मा समेत रास्वपा उम्मेदवारहरू नै निर्वाचित भए ।

काठमाडौंबाहेक कास्की, मोरङ र धनुषामा पनि रास्वपा उम्मेदवार निर्वाचित भएका छन् ।

त्यसैगरी मोरङ ४ मा सन्तोष राजवंशी निर्वाचित भएका छन् ।

त्यस्तै, धनुषा–३ मा रास्वपाबाट मनिष झा निर्वाचित भएका छन् ।

कांग्रेसले जितेका ४ क्षेत्र जितेको छ । कांग्रेसबाट रसुवामा मोहन आचार्य, मनाङमा टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन थकाली र दैलेख १ बासना थापा विजयी भए ।

नेकपाले जितेका २ क्षेत्र जितेको छ । नेकपाबाट रुकुम पूर्वमा पुष्पकमल दाहाल प्रचण्ड र कालीकोटमा महेन्द्रबहादुर शाही निर्वाचित भए ।

एमालेले पनि खाता खोलेको छ । एमालेबाट बाँके २ मा मोहम्मद ईश्तियाक राई निर्वाचित भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्