२५ असार २०८३, बिहीबार
प्रतिनिधि सभा निर्वाचन

बाँके-२ बाट एमालेले खोल्यो खाता, चुनावअघि दलबदल गरेका इस्तियाक राई विजयी

फागुन २३, २०८२
काठमाडौं
बाँके-२ बाट एमालेले खोल्यो खाता, चुनावअघि दलबदल गरेका इस्तियाक राई विजयी

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले पहिलो जित निकालेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका हुन् । 

राईले २४ हजार ६२८ मत प्राप्त गर्दा रास्वपाका विवेक कुमार श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरे।

राई यही निर्वाचन क्षेत्रबाट २०६४ र २०७४ मा विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधिसभामा भने उनी पराजित भए । 

राई खासमा जनता समाजवादी पार्टी नेपालका नेता हुन्। तर चुनावअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्