३१ असार २०८३, बुधबार
मतगणना अपडेट

बागलुङका दुवै क्षेत्रमा रास्वपा विजयी

फागुन २३, २०८२
पाेखरा
बागलुङका दुवै क्षेत्रमा रास्वपा विजयी

बागलुङका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् । 

बागलुङ क्षेत्र नम्बर १ बाट रास्वपाका सुशील खड्का २० हजार ९२७ मत ल्याएर निर्वाचित भए । 

नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर श्रीस रानाले ११ हजार ९४४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै, जिल्लाको क्षेत्र नम्बर २ बाट रास्वपाका सोम शर्माले १२ हजार ६४७ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका टेक राज पौडेलले ११ हजार ८६८ मत ल्याए । 

यस्तै, एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा पनि रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । रास्वपाबाट सागर भुसालले २६ हजार ५६१ मत ल्याउँदै जीत हात पारेका हुन्  । 

उनका प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्