०९ साउन २०८३, शनिबार
एमालेको किल्ला भत्काउँदै संसदीय यात्रा

एमालेको ‘किल्ला’ भत्काउँदै संसदीय राजनीतिमा उदाए युवा अधिवक्ता सुलभ

फागुन २३, २०८२
बुटवल
एमालेको ‘किल्ला’ भत्काउँदै संसदीय राजनीतिमा उदाए युवा अधिवक्ता सुलभ

नेकपा एमालेको ‘गढ’ मानिँदै आएको रूपन्देही क्षेत्र नम्बर २ बाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

प्रत्यक्षतर्फको मतगणनाको अन्तिम नतिजाअनुसार उनले राजनीतिक अनुभवी उम्मेदवार एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भारी मतान्तरले पारिजात गरेका हुन् ।

शनिबार बिहान आएको अन्तिम मत परिणामअनुसार खरेलले ५६ हजार ५५० मत ल्याएर विजयी हुँदा पौडेलले १२ हजार ८६१ मत मात्र प्राप्त गरे । फागुन २१ गते भएको निर्वाचनमा यहाँ ८६ हजार मत खसेको थियो ।  

यस क्षेत्रमा २०६४ सालमा भएको संविधानसभा निर्वाचनयता उपाध्यक्ष पौडेलले लगातार चार पटक जित्दै आएको क्षेत्र हो । पौडेल २०५६ देखि यहीँ क्षेत्रबाट पार्टी र संसदीय राजनीतिमा सक्रिय थिए ।​

खरेलको उदयले युवा पुस्ताले उनीप्रति ठूलो आशा राखेका छन् ।

२०५४ मा जन्मिएका खरेल बुटवल उपमहानगरपालिका–१६ रूपन्देहीका स्थायी बासिन्दा हुन् । जित सुनिश्चित रहेको बताउँदै आए पनि यति ठूलो अभूतपूर्व मत आउने उनले सोचेका थिएनन् ।

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह रास्वपा प्रवेश, भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणापछि यस क्षेत्रमा रास्वपाप्रतिको आकर्षण बढेको थियो ।

बालेन शाह ‘रोड सो’ गर्दै बुटवल आइपुग्दा यहाँको भीडले देशभर चर्चा पाएको थियो । नेकपा एमाले निकट अनेरास्ववियुमा आबद्ध खरेलले नेपाल ल क्याम्पसबाट पाँच वर्षे बीए–एलएलबी सकेपछि चार वर्ष वकालत गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेपछि खरेल चर्चामा आएका थिए । त्यतिबेला उनी सबैभन्दा कान्छो रिट निवेदक भनेर चिनिएका थिए ।

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका एक दर्जनभन्दा बढी संघीय सांसदलाई जरिवाना तिराउने निर्णय गर्दा खरेलले त्यसविरुद्ध पनि रिट निवेदन दिएका थिए ।

त्यसपछि संवैधानिक कानूनमा एकवर्षे स्नातकोत्तर गर्न उनी अमेरिका पुगेका थिए । त्यहाँ केही वर्ष पढेर नेपाल फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका थिए ।

रास्वपा सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा जस्ता विषयमा उनले कानूनी परामर्श दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्