०८ साउन २०८३, शुक्रबार

इलाम २ मा सुहाङले कटाए ११ हजार मत

फागुन २३, २०८२
काठमाडौं
इलाम २ मा सुहाङले कटाए ११ हजार मत
फाइल फोटो

इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन् । पछिल्लो विवरणअनुसार उनले ११ हजार २११ मत पाएका छन् ।

जारी मतगणनाअनुसार यहाँ श्रम संस्कृति पार्टी दोस्रो स्थानमा छ ।

माटो चुनाव चिह्नका सुदीप राईले १० हजार २८७ मत पाएका छन् । कांग्रेस उम्मेदवार भेषराज आचार्यले ६ हजार ६५ मत पाएका छन् ।

रास्वपा उम्मेदवार गोकुलबहादुर राईले २ हजार ७६१ मत पाएका छन् । हालसम्म यहाँ ३३ हजार २४५ मत गणना भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्