
स्याङजा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच रोचक प्रतिस्पर्धा देखिएको छ ।
मतपरिणामको पछिल्लो नतिजाअनुसार यस क्षेत्रमा नेपाली कांग्रेसका भागवत मल्लले ९ हजार ५१० मत प्राप्त गर्दै अग्रता लिएका छन् ।
उनलाई नेपाल कम्युनिस्ट पार्टी एमालेका खिमबहादुर थापाले पच्छ्याइरहेका छन् । केही अगाडिसम्म लगातार अग्रता लिइरहेका थापा अहिले ९ हजार ३६९ मतमा सीमित छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झवीलाल डुम्रेले ८ हजार ९ सय ७ मत प्राप्त गरेका छन् ।