
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामाकान्त चौरसियाले अग्रता फराकिलो बनाएका छन् ।
निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार कुल ४० हजार ७२० मत गणना हुँदा रास्वपाका चौरसियाले १७ हजार ३५२ मत प्राप्त गरेका हुन् ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले नौ हजार ५२४ प्राप्त गरेका छन् भने नेकपा (एमाले)का रुपेशकुमार पाण्डेले सात हजार ८४० मत ल्याएका हुन् ।
पर्सा क्षेत्र नम्बर ३ बाट २३ जनाले उम्मेदवारी दिएका थिए । यहाँ नौ जना स्वतन्त्र उम्मेदवार र १४ जना दलीय उम्मेदवार छन् ।
कुल ९६ हजार पाँच सय ४२ मतदाता रहेकामा यहाँ प्रत्यक्षतर्फ ६७ हजार पाँच सय चार मत खसेको छ ।