१० साउन २०८३, आइतबार
राप्रपाको पहिलो जीत

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानबहादुर शाही विजयी

फागुन २३, २०८२
काठमाडौं
राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानबहादुर शाही विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । उनी लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

शनिबार दिउँसो आएको अन्तिम मतपरिणाम अनुसार शाहीले १४ हजार ८१६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत पाए । ४ हजार ५१८ मतसहित नेकपा एमालेका शान्तिलाल महत चौथो भए । 

प्रतिनिधिसभा निर्वाचन २०८२ मा राप्रपाले जितेको यो पहिलो सीट हो ।
 

salt training

कमेन्ट गर्नुहोस्