०४ साउन २०८३, सोमबार

चितवन-१ मा रास्वपाका हरि ढकाल विजयी

फागुन २३, २०८२
काठमाडौं
चितवन-१ मा रास्वपाका हरि ढकाल विजयी

चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल विजयी भएका छन् । उनी ५८ हजार २०८ मतसहित विजयी भएका हुन् । 

उनका निटकतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरे । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दावादोर्जे लामाले १० हजार ८९९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार कृष्ण पन्तले चार हजार ८१ मत प्राप्त गरेका छन् । 

ढकाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

यस क्षेत्रमा एक लाख ४९ हजार ६४१ मतदातामध्ये ९६ हजार १५४ मत खसेको थियो ।     
 

salt training

कमेन्ट गर्नुहोस्