२३ असार २०८३, मंगलबार
सर्लाही–४ को अन्तिम परिणाम

प्रतिनिधि सभामा अमरेशकुमार सिंहको ह्याट्रिक, गगनको संसदीय यात्रामा ब्रेक

फागुन २४, २०८२
काठमाडौं
प्रतिनिधि सभामा अमरेशकुमार सिंहको ह्याट्रिक, गगनको संसदीय यात्रामा ब्रेक

सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए । यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरे भने यसपटक मधेश झरेर चुनाव लडेका गगनको संसदीय यात्रामा ब्रेक लागेको छ । 

गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए ।

पहिलोपटक समानुपातिक प्रणालीबाट सांसद बनेका उनी पछिल्लो ३ पटक काठमाडौं-४ बाट निर्वाचित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्