१८ असार २०८३, बिहीबार

बैतडीमा रास्वपाका भण्डारी विजयी, चतुरबहादुर चन्द पराजित

फागुन २४, २०८२
बैतडी
बैतडीमा रास्वपाका भण्डारी विजयी, चतुरबहादुर चन्द पराजित

बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनी २२ हजार १३४ मत ल्याउँदै विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे ।

यसअघि नेकपा (एमाले)बाट लगातार तीनपटक विजयी भएका दामोदर भण्डारी भने यसपटक तेस्रो स्थानमा पुगे । उनले १७ हजार ९१ मत ल्याए ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्