०९ साउन २०८३, शनिबार

बालेनको सट्टा रविलाई प्रधानमन्त्री बनाउन हर्क साम्पाङको आग्रह

फागुन २४, २०८२
काठमाडौं
बालेनको सट्टा रविलाई प्रधानमन्त्री बनाउन हर्क साम्पाङको आग्रह

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्ने बताएका छन् । रास्वपा दुई तिहाइ बहुमततर्फ अघि बढिरहेका बेला राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सदनमा जनताको प्रश्नको जवाफ दिने नेतृत्व चाहिने बताएका हुन् । 

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बनाउने घोषणासहित चुनावमा गएको थियो । तर, बालेनले विस्तारमा उत्तर दिन नसक्ने उनको भनाइ छ । यद्यपि उनले बालेनको नाम भने उल्लेख गरेका छैनन् ।

‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो,' उनले भनेका छन्, 'सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ । नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्