०७ साउन २०८३, बिहीबार

रौतहट ३ मा रास्वपाका पटेल विजयी

फागुन २४, २०८२
रौतहट
रौतहट ३ मा रास्वपाका पटेल विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवीन्द्र पटेल विजयी भएका छन् ।

पटेलले २७ हजार ३१८ मत प्राप्त गरेका निर्वाचन अधिकृत अवधेशप्रसाद कुशवाहले जानकारी दिए ।

सो क्षेत्रमा जनता समाजवादी पार्टीका गोविन्द चौधरीले ११ हजार ९५४ प्राप्त गरे । साथै नेकपा (एमाले)का कुन्दन कुशवाहले छ हजार ६०५, नेपाली कांग्रेसका रामकृपाल यादवले छ हजार ४२० मत प्राप्त गरे ।

यस क्षेत्रमा कुल एक लाख ८ हजार ६९९ मतमध्ये ७६ हजार ६६९ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्