
लागुऔषधसहित विभिन्न ठाउँबाट ८ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मोरङ, पथरी शनिश्चरे नगरपालिका–८ मङगलबारे, दाङको घोराही उपमहानगरपालिका–१४ स्थित न्यु मनकामना गेष्ट हाउस, कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्याउले चोकबाट उनीहरू पक्राउ परेका हुन् ।
यसैगरी, पथरी शनिश्चरे नगरपालिका–८ मङगलबारबाट मानबहादुर दर्जीसहित तीन, घोराही–१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई, धनगढी–३ चटकपुरबाट स्थानीय २३ वर्षीय अमन रानासहित दुई र कृष्णपुर–२ स्याउले चोकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २५ वर्षीय कुवेर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।