२७ जेठ २०८३, बुधबार
चुनावपछिको शेयर बजार

एक मिनेटमै पोजेटिभ सर्किट, २० मिनेटका लागि कारोबार बन्द

फागुन २५, २०८२
काठमाडौं
एक मिनेटमै पोजेटिभ सर्किट, २० मिनेटका लागि कारोबार बन्द

प्रतिनिधिसभा सदस्य निर्वाचनपछि खुलेको पहिलो दिन नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ ।

करिब एक सातापछि सोमबार खुलेको शेयर बजारमा खुलेको एक मिनेटमै पोजेटिभ सर्किट लागेर कारोबार २० मिनेटका लागि बन्द भएको छ ।

नेप्से ४ प्रतिशतले बढ्दा सर्किट ब्रेक लागेर २० मिनेटका लागि बन्द भएको हो ।

शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ ।

त्यसैगरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । अर्थात् दिनभरको कारोबार नै बन्द हुने गर्दछ । 

कारोबार बन्द हुँदा ३ लाख २९ हजार ६४४ कित्ता शेयरको खरिद बिक्री भई १८ करोड ९६ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । ११ बजेर १ मिनेटमा बन्द भएको कारोबार अब ११ बजेर २१ मिनेटमा खुल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्