२६ जेठ २०८३, मंगलबार
शेयर बजारमा उछाल

चुनावी नतिजाको उत्साहले 'हल्ट' भयो शेयर बजार, दिनभरका लागि कारोबार बन्द

फागुन २५, २०८२
काठमाडौं
चुनावी नतिजाको उत्साहले 'हल्ट' भयो शेयर बजार, दिनभरका लागि कारोबार बन्द

चुनावी नतिजाप्रतिको उत्साहका कारण शेयर बजार 'हल्ट' भएको छ ।

सोमबार जम्मा ५५ करोडको कारोबार हुँदा बजार ६ प्रतिशतले बढेर दिनभरका लागि बन्द भएको हो ।

११ बजे खुलेलगत्तै ४ प्रतिशतले बढेपछि बजार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुल्दा १ मिनेट पनि कारोबार हुन पाएन ।

अन्तिममा वृद्धिले ६ प्रतिशतको आंकडा पूरा गरेपछि बजार दिनभरका लागि बन्द भएको हो ।

समग्रमा १६२.९३ अंकले बढेर शेयर बजार २८ सय ७५ दशमलव ४३ बिन्दुमा कायम भएको छ । 

कारोबार भएकामध्ये रिलायन्स स्पिनिङ मिल्सबाहेक अरू सबैको मूल्य बढेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुईतिहाइ नजिक सीट जित्ने देखिएपछि बजारमा सर्किट ब्रेक लागेको हो । 

स्थिर सरकार बन्ने अपेक्षाका कारण लगानीकर्ता झुम्मिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्