
नेपाली बजारमा 'हट एन्ड स्पाइसी' नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल 'करेन्ट नुडल्स'को उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट 'करेन्ट मार्ट'को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कपनमा दोस्रो शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ शाखा उद्घाटनको अवसरमा 'करेन्ट मार्ट'मा उपलब्ध सम्पूर्ण उत्पादनहरूको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ।
कपनमा अवस्थित 'करेन्ट मार्ट'को यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जीपी शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधिहरू, ग्राहक तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।