१७ असार २०८३, बुधबार

इरानमा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणबारे रूसले के भन्यो ?

फागुन २७, २०८२
काठमाडौं
इरानमा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणबारे रूसले के भन्यो ?

रूसले इरानको इस्फहानमा रहेको आफ्नो वाणिज्य दूतावास आक्रमणहरूमा क्षतिग्रस्त भएको बताएको छ।

रूसका अनुसार, वाणिज्य दूतावास नजिकै रहेको स्थानीय गभर्नरको कार्यालयमा आक्रमणबाट क्षति भएको हो ।

रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले उक्त घटनालाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भनेकी छिन्, यद्यपि उनले आक्रमणको लागि कुनै विशेष देशलाई दोष दिएकी छैनन्।

उनले भनिन्, 'मध्य पूर्वमा द्वन्द्व निरन्तर बढ्दै गइरहेको छ, जसले अब प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धेरै देशहरू र उनीहरूका नागरिकहरूको हितलाई असर गरिरहेको छ।'

जाखारोभाले घटनामा हताहत वा गम्भीर घाइते भएको कुनै रिपोर्ट नभएको पनि बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्