
इरानले फेरि एक पटक मध्यपूर्वमा रहेका इजरायली र अमेरिकी अड्डाहरूलाई लक्षित गरी आक्रमण गरेको छ।
एएफपी समाचार एजेन्सीका अनुसार, इरानी सरकारी मिडियाले यो आक्रमण द्वन्द्व शुरू भएदेखि नै सबैभन्दा घातक र ठूलो भएको बताएको छ।
इजरायलले इरानद्वारा प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको बताएको छ ।
यसैबीच, साउदी अरेबियाले तेल सुविधातर्फ जाँदै गरेका दुई ड्रोनहरू खसालेको बताएको छ।
अमेरिकी नौसेनाको पाँचौं फ्लीट मुख्यालय रहेको बहराइनमा पनि साइरन बजेको थियो ।