२३ जेठ २०८३, शनिबार

पोर्चुगलमा नयाँ वर्ष २०८३ को अवसरमा सांगीतिक साँझ, अर्जुन सापकोटा र विप्लव खड्काको प्रस्तुति रहने

फागुन २८, २०८२
काठमाडौं
पोर्चुगलमा नयाँ वर्ष २०८३ को अवसरमा सांगीतिक साँझ, अर्जुन सापकोटा र विप्लव खड्काको प्रस्तुति रहने

पोर्चुगलमा आगामी अप्रिल १९ मा सांगीतिक साँझ  हुने भएको छ । 

नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा चर्चित नेपाली गायक अर्जुन सापकोटा र विप्लव खड्काले विशेष प्रस्तुति दिनेछन् । कार्यक्रमको आयोजना डाँफे इन्टरटेन्मेन्टले गर्न लागेको हो ।

आयोजकका अनुसार पोर्चुगलमा बसोबास गरिरहेका नेपाली समुदायलाई लक्षित गर्दै सांगीतिक साँझ आयोजना गर्न लागिएको हो । कार्यक्रममा गायक सापकोटा र खड्कासँगै पोर्चुगलमै रहेका नेपाली गायक–गायिकाहरूको पनि प्रस्तुति रहने जानकारी दिइएको छ ।

गायक अर्जुन सापकोटाले गाएका ‘झलिको’, ‘पछ्यौरी लिस्यो’ र ‘बस्यौ अलक्कै’जस्ता गीत नेपाली श्रोतामाझ निकै लोकप्रिय छन् । 

यस्तै, नेपाली गायन रियालिटी शो नेपाली ताराबाट चर्चामा आएका गायक विप्लव खड्काको प्रस्तुति पनि कार्यक्रममा आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

पोर्चुगलमा रहेका नेपाली समुदायबीच नयाँ वर्षको अवसरमा आपसी भेटघाट, मनोरञ्जन र सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्