
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको सचिवमा दिनेश थापा मगरलाई नियुक्त गरेको छ ।
समिति संयोजक तारामान गुरुङको संयोजकत्वमा शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले केन्द्रीय कार्यालयका सह–सचिव मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै आजको बैठकले समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
