१८ असार २०८३, बिहीबार

बालेन प्रधानमन्त्री बन्नु मधेसी र उत्पीडित समुदायका लागि हर्षको विषय : मोर्चा

फागुन २९, २०८२
काठमाडौं
बालेन प्रधानमन्त्री बन्नु मधेसी र उत्पीडित समुदायका लागि हर्षको विषय : मोर्चा
फाइल फोटो

सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेसी सपूत बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हर्षको विषय भएको बताएको छ । 

जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा शुक्रबार बसेको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मूल समितिको बैठकले बालेन प्रधानमन्त्री बन्नु हर्षको विषय भएको निष्कर्ष निकालेको हो । 

साथै मोर्चाले बालेन नेतृत्वको सरकारले संविधान संशोधन, सिमाङ्कन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संघीयतालाई अझ बलियो बनाउने लगायतका मुद्दाहरूको सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ ।

'विगत लामो समयदेखि मधेसी, थारू लगायत उत्पीडित जनताले देशको कार्यकारी प्रमुख बन्न देखेको सपना र संघर्ष तथा बलिदानको परिणाम स्वरूप फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा मधेसी सपूत बालेन्द्र शाह (बालेन)को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले निजलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हामी लामो समयदेखि संघर्षरत मधेशी, थारू, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको निम्ति हर्षको विषय हो । तसर्थ यो बैठक बालेन जीलाई अग्रिम शुभकामना र बधाई ज्ञापन गर्दछ,' मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाली जनताले विगत लामो समयदेखि गरेको संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशीता लगायतको प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै संविधान संशोधन, सिमाङ्कन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संघीयतालाई अझ बलियो बनाउने लगायतका मुद्दाहरूको सम्बोधन हुने विश्वास समेत व्यक्त गर्दछौं ।'

null

राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ । उनी झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै विजयी बनिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्