२० असार २०८३, शनिबार

नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा

फागुन २९, २०८२
काठमाडौं
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा

 बैतडीमा जारी नेपाल–इन्डो टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलबाट भारतीय टोली सेमिफाइनल प्रवेश गरेको छ । रणशैनी क्लबलाई पाँच विकेटले हराउँदै भारत पिथौरागढको टोली सेमिफाइनल पुगेको हो ।

जितका लागि पाएको ११९ रनको लक्ष्य पिथौरागढले १६.१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । जसमा आयुस पाण्डेयले अर्धशतकीय पारी खेल्दै ५१ रनमा अविजित रहे । रणशैनीका जय धामीले तीन विकेट हात पारे ।

यसअघि दशरथचन्द नगरपालिका–१० रातामाटास्थित बुड्डाबाजे क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको रणशैनी १९.३ ओभरमा ११८ रनमा समेटियो । उसका प्रकाश भट्टले सर्वाधिक २६ रन जोडे । बलिङमा पिथौरागढका सञ्जय राई र जयदीप पोखराईले तीन–तीन विकेट झारे ।

अर्धशतकीय पारी खेल्दै टोलीलाई जिताएका पिथौरागढका आयुस पाण्डेय प्लेयर अफ द म्याच चुनिए । पञ्चकोटी युवा क्लबको आयोजनामा यही फागुन २८ देखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १२ टोलीको सहभागिता छ । आगामी चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु ६५ हजार र उपविजेताले रु ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्