०७ असार २०८३, आइतबार

इरानद्वारा अमेरिकी सहयोगी तेल कम्पनीहरूमाथि आक्रमणको चेतावनी

फागुन ३०, २०८२
काठमाडौं
इरानद्वारा अमेरिकी सहयोगी तेल कम्पनीहरूमाथि आक्रमणको चेतावनी

इरानले आफ्नो तेल तथा ऊर्जा पूर्वाधारमा कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ। 

इरानी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै यदि इरानको ऊर्जा क्षेत्रमा क्षति पुर्‍याइयो भने यस क्षेत्रमा अमेरिकासँग सहकार्य गरिरहेका तेल कम्पनीहरूका पूर्वाधारमा समेत आक्रमण गर्ने स्पष्ट पारेको छ। रोयटर्सले इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै यस चेतावनीबारे जानकारी दिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी तेल निर्यातको मुख्य केन्द्र मानिने खार्ग टापुमा रहेका सबै सैन्य लक्ष्यहरूलाई अमेरिकी सेनाले 'पूर्ण रूपमा ध्वस्त' पारेको दाबी गरेपछि इरानको यस्तो प्रतिक्रिया आएको हो। खार्ग टापु इरानको तेल व्यापारका लागि रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ।
इरानको यो पछिल्लो चेतावनीले मध्यपूर्वमा जारी तनावलाई थप चर्काएको छ। इरानी सेनाले आफ्नो राष्ट्रिय ऊर्जा सुरक्षामा आँच पुगेमा यस क्षेत्रमा रहेका अमेरिकी साझेदार कम्पनीहरूले पनि ठूलो मूल्य चुकाउनुपर्ने बताएको छ।

 यसले विश्वव्यापी तेल बजार र ऊर्जा आपूर्तिमा समेत गम्भीर असर पर्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्