३० जेठ २०८३, शनिबार

सोलो र प्ले बक्स एरेनाको जित

फागुन ३०, २०८२
काठमाडौं
सोलो र प्ले बक्स एरेनाको जित

हिमालयन जाभा नेशनल बास्केटबल लिग–२०२६ मा सोलो बास्केटबल र प्ले बक्स एरेना विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा सम्पन्न खेलमा सोलो बास्केटबलले रोयल्स स्पोर्ट्स सेन्ट्रललाई ७९–६९ अंकले पराजित गर्‍यो ।

सोलोले पहिलो क्वार्टरमा २४–१३ र दोस्रो क्वाटरमा १४–१० अंकको अग्रता लिँदै मध्यान्तरसम्म ३८–२३ को अग्रता बनाएको थियो ।​ 

रोएल्सले तेस्रो क्वार्टरको नतिजालाई २५–१९ ले आफ्नो पक्षमा पार्दै अन्तर घटाउने प्रयास गरेको थियो । तर, चौथो क्वार्टर सोलोले २२–२१ ले जित्यो र नतिजालाई पनि आफ्नो पक्षमा पार्‍यो ।

सोलो बास्केटबलको जितमा प्रगुन महर्जनले सर्वाधिक २६ अंकको योगदान गरे । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

सोलो बास्केटबलले दोस्रो जित हासिल गरेको हो । यसअघि, सोलोले पहिलो खेलमा प्ले बक्स एरेनालाई पराजित गरेको थियो ।

रोयल्सको भने यो लगातार दोस्रो हार हो । रोयल्स आफ्नो पहिलो खेलमा कीर्तिपुरसँग पराजित भएको थियो ।

अर्को खेलमा प्ले बक्स एरेनाले कीर्तिपुरलाई पराजित गर्दे पहिलो जित हासिल गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा प्ले बक्सले कीर्तिपुरलाई ८५–८१ अंकले पराजित गरेको हो । कीर्तिपुरको यो पहिलो हार हो ।

salt training

कमेन्ट गर्नुहोस्