२५ असार २०८३, बिहीबार
कांग्रेस कार्यसम्पादन समिति

समानुपातिकका २० सांसद छान्न सानेपामा कांग्रेस बैठक

चैत १, २०८२
काठमाडौं
समानुपातिकका २० सांसद छान्न सानेपामा कांग्रेस बैठक

समानुपातिक सांसद छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट पाएको छ । अघिल्लो निर्वाचनमा ८९ सिटसहित पहिलो बनेको कांग्रेसले यो निर्वाचनमा ३८ सिटसहित दोस्रोमा खुम्चिएको छ ।

पहिलो भएको रास्वपाले १८२ सिट प्राप्त गरेको छ । 

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्