१८ असार २०८३, बिहीबार

राप्रपाले छान्यो समानुपातिकमा खुस्बु ओलीसहित चार सांसद

चैत १, २०८२
काठमाडौं
राप्रपाले छान्यो समानुपातिकमा खुस्बु ओलीसहित चार सांसद

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसदका लागि चार जनाको नाम टुंग्याएको छ । 

राप्रपाको आइतबार बसेको बैठकले खुस्बु ओलीसहित चार जनाको नाम टुंगो लगाएको हो । प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपाले समानुपातिकमा चार सिट पाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार खस आर्यतर्फ महोत्तरीका भरत गिरी, मुस्लिमतर्फ रुपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनताजी महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरिएको छ ।

यी नाम आइतबार नै निर्वाचन आयोगमा बुझाइने राप्रपाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्