०१ असार २०८३, सोमबार

शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

चैत १, २०८२
काठमाडौं
शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षा तालिम शुरू भएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले संघीय सरकारका विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारगृह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी रहेको तालिमको  आइतबार उद्घाटन गरे ।

त्यसअवसरमा रक्षा सचिव केदारनाथ शर्माले यही चैत १८ गतेसम्म जारी रहने तालिमको औचित्यबारे प्रकाश पारे । 

null
     
२०७२ मा शुरू भएको तालिममा हालसम्म २५२ जना सहभागी भएका छन् ।    

यस किसिमको उच्चस्तरको तालिमले राष्ट्रिय सुरक्षाका सम्बन्धमा साझा बुझाई एवं धारणाको विकास गर्नुका साथै राज्यका संयन्त्रबीच कार्यगत एकता कायम गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्