२७ असार २०८३, शनिबार
उम्मेदवारी खारेजी विवाद

सर्वोच्चद्वारा धनुषा १ सम्बन्धी विवादमा अन्तरिम आदेश दिन अस्वीकार, मातृकाको सांसद पद यथावत

चैत १, २०८२
काठमाडौं
सर्वोच्चद्वारा धनुषा १ सम्बन्धी विवादमा अन्तरिम आदेश दिन अस्वीकार, मातृकाको सांसद पद यथावत

सर्वोच्च अदालतले धनुषा- १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी मनोनयन खारेज गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आइतबार रिट निवेदक साहको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार रहेका साहको मनोनयन निर्वाचन आयोगले फागुन १९ गते बदर गरेको थियो ।

आयोगले कर्जा सुरक्षण केन्द्रको कालोसूचीमा रहेको भन्दै उनको मनोनयन बदर गरेको थियो ।

कमल निर्माण सेवा प्रालिले २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेका कारण उनी कालोसूचीमा परेका थिए ।

सोही निर्णयविरुद्ध साह अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । 

साहको उम्मेदवारी मनोनयन खारेज भए पनि मतपत्रमा चुनाव चिह्न कायमै रहेपछि सो चिह्नमा सर्वाधिक मत परेको थियो ।

आयोगले उनको घण्टी चिह्नमा खसेको मतको छुट्टै लगत राखी गणना गरेको थियो ।

घण्टीपछि तारा चिह्नमा दोस्रो मत परेकाले आयोगले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मात्रिकाप्रसाद यादवलाई विजयी घोषणा गरी प्रमाणपत्र दिएको थियो ।

यससँगै अन्तिम फैसला नहुँदासम्म मातृकाको सांसद पद कायमै रहने देखिएको छ । उनले शपथ समेत लिन पाउने बाटो खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्