२९ जेठ २०८३, शुक्रबार

ग्लोबल आईएमई बैंकको ग्लोबल मनि वीक- विद्यार्थी र युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्ने

चैत १, २०८२
काठमाडौं
ग्लोबल आईएमई बैंकको ग्लोबल मनि वीक- विद्यार्थी र युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्ने

ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल मनि वीक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम गर्न लागेको छ । 

बैंकले ग्लोबल मनि वीक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवा लक्षित  वित्तीय तथा  डिजिटल साक्षरताका कार्यक्रम आयोजना गर्न लागेको हो ।

बैंकले ग्लोबल मनि वीक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसाथ गरी यही मार्च १६ देखी मार्च २२ सम्म बैंकका विभिन्न शाखा कार्यालयबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ ।

यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्री उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् पनि सम्प्रेषण गर्नेछ ।

वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनि अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । 

साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटीएम बुथ, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्