१२ असार २०८३, शुक्रबार

ओडिशाको एससीबी मेडिकल कलेजमा आगलागी, १० बिरामीको मृत्यु

चैत २, २०८२
काठमाडौं
ओडिशाको एससीबी मेडिकल कलेजमा आगलागी, १० बिरामीको मृत्यु

भारत ओडिशाको कटकस्थित एससीबी मेडिकल कलेज र अस्पतालको आईसीयूमा भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ भने ११ कर्मचारी घाइते भएका छन् । 

अधिकारीहरूका अनुसार आगो सोमबार बिहान करिब २:३०–३:०० बजेबीच लागेको हो । 

आगो  ट्रमा केयर विभागको आईसीयूबाट शुरू भएको थियो । त्यहाँ गम्भीर अवस्थामा उपचाररत बिरामी थिए । आगोको खबर पाएलगत्तै दमकल टोलीले उद्धार अभियान सञ्चालन गरी आगो नियन्त्रणमा ल्याएको थियो ।

उद्धार प्रयासका क्रममा ११ जना कर्मचारी घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २३ जना बिरामीलाई तत्काल अन्य वार्ड र विभागमा सारिएको थियो । उद्धार कार्यमा अस्पताल कर्मचारी, प्रहरी र बिरामीका आफन्तहरूले सहयोग गरेका थिए ।

ट्रमा केयर आईसीयूका सात गम्भीर बिरामीको शिफ्ट गर्ने क्रममा मृत्यु भयो भने उपचारकै क्रममा थप ती जना बिरामीको मृत्यु भएको थियो ।

मुख्यमन्त्री मोहन चरण माझी र स्वास्थ्य मन्त्री मुकेश महालिङ घटनास्थल पुगेर जानकारी लिएका छन् ।

सरकारले मृतक परिवारलाई २५ लाख रूपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । मुख्यमन्त्री माझीले घाइते बिरामीको उपचारमा कुनै कमी नगर्न अस्पताल प्रशासन निर्देशन दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्