०८ असार २०८३, सोमबार

बूढानीलकण्ठमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

चैत ३, २०८२
काठमाडौं
बूढानीलकण्ठमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौंको बूढानीलकण्ठमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।

बूढानीलकण्ठ नगरपालिका १ स्थित लेमन ट्री होटल भित्र सञ्चालनमा रहेको गडुल क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका २ बस्ने ४८ वर्षीय दिलीप लामासहित १३ जनालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्