
प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश क्रिकेट संघले बुधबार आफ्नो टोलीको घोषणा गरेको छ ।
बागमती प्रदेश क्रिकेट संघले राष्ट्रिय टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो ।
१५ सदस्यीय टोलीमा इशान पाण्डे, आशुतोष घिरैया, उत्तम थापा मगर, शिवम तिवारी, विवेक रानामगर, दयानन्द मण्डल र रिजन ढकाल रहेका छन् ।
यसैगरी, टोलीमा सुवाष खत्री, सोनु देवकोटा, सचिन लेखक, रिन्जिन लामा, पवनबहादुर थापा, प्रतिश जीसी र सुवाष कंसाकारले पनि स्थान पाएका छन् ।
रित गौतम, सूर्य तामाङ, दिपेश श्रेष्ठ, आदिल खान र अभिनाष बस्याललाई रिजर्भ खेलाडीका रूपमा टोलीमा समावेश गरिएको छ ।
कलाम अली र रिकेश लामा टोलीको प्रशिक्षक हुन् । व्यवस्थापकको भूमिकामा भने रमन श्रेष्ठ रहेका छन् ।